Logo

१५ कात्तिक,जनकपुर ।जनकपुरधाममा भएको जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा विरेन्द्रकुमार महतो प्रथम विजेता भएका छन् ।
बुधबार जनकपुरधाम स्थित जनकपुरधाम वडा नम्बर १० को आयोजनामा धनुषा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रथम विजेता महतोसहित १० जना विजेतालाई पुरस्कृतसमेत गरिएको हो ।

बुद्धिचाल प्रतियोगितामा स्थानीय महतो प्रथम, सुरेन्द्र भगत द्वितीय, चन्दन शर्मा तृतीय र सुनिल ठाकुर चौथो स्थान ल्याएका छन् ।

त्यस्तै यस प्रतियोगितामा प्रथम भएका महतोलाई १० हजार रुपैयाँ नगद, दोस्रो स्थान ल्याएका भगतलाई ८ हजार रुपैयाँ नगद र तेस्रो स्थान ल्याएका शर्मालाई ५ हजार रुपैयाँ नगद राशी र चौथो स्थानदेखि दशौँ स्थान प्राप्त गरेका विजेतालाई दुई हजार रुपैयाँ नगद राशीको पुरस्कार प्रदान गरिएको रेफ्रि ज्ञानेन्द्र खाइजुले जनाएका छन् ।

विजेता खेलाडीहरुलाई साहित्यकार डा. राजेन्द्र प्रसाद विमल र वामपन्थी नेतासमेत रहेका साहित्यकार रोशन जनकपुरी र जनकपुरधाम वडा नम्बर १० का वडा अध्यक्ष मिथिलेश कर्णले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए ।


सम्बन्धित समाचार