Logo

१६ कात्तिक,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को घुसुकपुर जानेबाटो छेउको खेतमा आज विहान एक युवतीको शव फेला परेको छ । विहानको समयमा हिँडडुल गर्न स्थानिय ती बाटोमा गएपछि शव देखेका थिए ।

तालिम प्राप्त कुकुर सहितको ईलाका प्रहरी सिमरा, जितपुर र जिल्ला प्रहरी कार्यालय बाराबाट पनि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । अन्दाजी २४ वर्षकी देखिने ती युवती वडा नम्बर ६ को नरहेको स्थानियले बताएका छन् ।

अहिले शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार