Logo

१६ कार्तिक, वीरगञ्ज । बारा कलैया उपमहानगरपालिका वडा नम्बर ६ का प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि गोली प्रहार गर्ने समूहसहित ५ जना आरोपित प्रहरी नियन्त्रणमा छन् ।

यही कार्तिक १३ गते कलैयामा बाल एकता बोर्डिङ स्कुल सञ्चाल गर्दै आएको स्वर्णकारमाथि त्यहीको मदरसा टोलमा ४ राउण्ड गोली प्रहार हुँदा गम्भीर घाइते भएका थिए ।

त्यसपछि उपचारको क्रममा स्वर्णकारको बीरगन्जको बयोधा अस्पतालमा मृत्युको थियो । पेशेवर सुटर समूहले एक लाख रुपैयाँको हाराहारीमा नगद लिएर स्वर्णकारको हत्या गरेको पक्राउ परेकाहरुले दिएको प्रारम्भिक बयानबाट खुलेको छ ।

स्वर्णकार हत्याका सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका बारा प्रहरी प्रमुख सुरेश काफ्ले बुधबार सञ्चारकर्मीहरुसंगको कुराकानीमा बताएका छन् ।
उनका अनुसार यो पेशेवर सुटर समूहले निकै कम रकममा भारतीय मनोज गुप्तासंग सुपारी लिएर स्वर्णकारको हत्या गरेका खुलासा गरेका हुन् ।

एसपी काफ्लेका अनुसार राधा गुप्ताका प्रेमि भनिएका मनोजले एक लाख भन्दा पनि कम रुपैयाँ दिएर हत्या गर्न लगाएको प्रहरी नियन्त्रणमा रहेकाहरुको बयान छ ।

कलैया ६ का स्वर्णकारको हत्या भएलगत्तै बारा प्रहरीले २ जना भारतीयसहित ५ जनालाई पक्राउ गरेको छ । जसमा २ जना स्वर्णकारको सहकर्मी र हत्याका योजनाकार भनिएका राधा गुप्ता रहेकी छन् ।

बारा प्रहरीले पाँचै जनालाई छुट्टाछुट्टै ठाउँबाट नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । स्वर्णकार हत्याकाण्डमा सहयोगी भूमिकामा रहेकाहरु पक्राउ परेपनि मुख्य योजनाकारहरु अझ फरार रहेको बारा प्रहरीले जनाएको छ ।

ती फरार मुख्य सुटरहरु नै पैसा लिएर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी धारणा छ ।

स्वर्णकार हत्याका मुख्य सुटरहरु सुजित कुमार सिंह, चन्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनी हत्या गरे लगत्तै भारततर्फ फरार भएको प्रहरी बताउँछ । तर त्यसको बाबजुद पनि उनीहरुलाई पक्राउ गर्नका लागि प्रहरीको विशेष टोली खटाइएको बारा प्रहरीको भनाइ छ ।

सादा पोशाकमा प्रहरीका टोलीहरु सीमानाकामा परिचालित भएको प्रहरी स्रोत बताउँछन् ।


सम्बन्धित समाचार