Logo

१८कात्तिक,वीरगञ्ज ।वीरगञ्जको घण्टाघर नजिकैको लिंकरोडबाट एउटा मोटरसाइकल चोरी भएको छ । लिंकरोडमा रहेको कुमु प्यालेस होटल अगाडि रहेको नारायणी एफएमको अगाडिबाट रातो रंगको सुजुकीको कम्पनीको जिक्सर मोटरसाइकल चोरी भएको हो ।

विहानको समयमा नारायणी एफएम अगाडिबाट ना ५० प ९३२९ नम्बरको मोटरसाइल चोरी भएको हो । चोरी भएको मोटरसाइकल नारायणी एफएमका समाचार प्रमुख निरज पिठाकोटे मगरको रहेको प्रहरीले जनाएको छ ।

एफएमको अगाडि पार्किङ गरेको अवस्थामा चोरी भएको सिसिटिभिको क्योमरामा देखिएको छ । जिन्स पाइन्ट, सेतो सर्ट र कालो रंगको मास्क लगाएको युवकले मोटरसाइकल चोरी गरी फरार भएको नारायणी एफएमको सिसिटिभि क्यामेरामा देखिएको छ ।

मोटरसाइकल चोरी भए लगतै प्रहरीमा दिइएको उजुरीको आधारमा खोजी कार्य तिव्र बनाइएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार