Logo

१८कात्तिक, वीरगञ्ज । रौतहटकी महिला अधिकारकर्मी पुजा पाठक तिमल्सिना भन्ने रेखा पाठकले ठगि धन्दा चलाएको खुलासा भएको छ । मेची महाकाली बुहारी संयुक्त आवाजले सार्वजनिक सूचना निकालेर पदबाट बर्खास्त गरेपछि ठगिको घटना बाहिरिएको हो ।

पाठकमाथि महिलालाई आजिवन सदस्य बनाउन उठाएको शुल्कको हिसाब गोलमाल पारेको आरोप लागेको छ । त्यसैगरि संस्थाको दुरुपयोग गरेर विधान विपरित विभिन्न व्यक्तिलाई चेक काटेर आर्थिक हिनामिना गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

संस्थाले पटक–पटक छलफल गरेको र रकम फिर्ता गर्ने सहमति जनाएपनि रकम नबुझाएपछि केन्द्रीय कार्यसमितिको बैठकले पदबाट बरखास्त गरिएको अध्यक्ष चन्द्रकला काफ्लेले जानकारी दिनुभयो । पाठकसँग कुनै संस्थागत आर्थिक कारोबार नगर्न÷ नगराउन सूचनामार्फत आग्रह गरिएको छ ।

पीडितहरुले उनी विरुद्ध मुद्दा दायर समेत गर्ने तयारी गरेका छन् । रकम हिनामिना गरेपछि संस्थाले छानविन थालेपछि पाठक अर्को संस्थामा आवद्ध भएर सक्रिय भएकी छिन् ।

स्वयम् सेवक नेपाल स्वयंसेवक संघको मधेश प्रदेश अध्यक्ष बनेकी छिन् ।


सम्बन्धित समाचार