Logo

१८कात्तिक, वीरगञ्ज । नेपाल कम्यूनिष्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले राती गएको भूकम्पबाट ठूलो क्षति भएको भन्दै दुःख व्यक्ति गरेका छन् ।
एमाले मधेश प्रदेश कमिटिले बीरगन्जमा राखेको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले राती आएको भूकम्पबाट जीउ धनको क्षति भएकोले तत्कालले उद्दारमा लाग्न सरकारसहित सबैलाई आग्रह गरे ।
समारोहलाई सम्बोधन गर्दै नेपका अध्यक्ष ओलीले भने,‘ पश्चिम नेपालको जनतामा ठूलो क्षति पुगेको छ , त्यहाँका जनता अहिले कठिन परिस्थितिमा छन् । त्यसकारण सरकारले चाँडो भन्दा चाँडो भन्दा राहत र उद्दारका कार्यमा जुट्नु पर्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० को सरकारप्रति कटाक्ष गर्दै अध्यक्ष ओलीले तेल खर्च हुन्छ, पैसा खर्च हुन्छ भनेर सोचेर अहिले बस्ने समय नभएको टिप्पणी गरे ।
सपथग्रहण समारोहमा सम्बोधन गर्दै ओलीले सरकार तत्कालै राहत पु¥याउने, घाइतेको उपचारमा सक्रियता बढाउने र उद्धार कार्यमा पनि तिव्रता दिनुपर्ने जरुरी रहेको प्रचण्ड सरकारलाई सुझाव दिएका छन् । अहिलेसम्म सरकारले तिव्र गतिमा भूकम्प प्रभावित जिल्लाहरुमा तिव्रताका साथ कार्य गर्न नसकेको अध्यक्ष ओलीको टिप्पणी छ ।
उनी भन्छन्,‘जनता भन्दा ठूलो कुरा केही पनि होइन, त्यसकारण जनतालाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्छ । त्यसमा हाथेमालो गर्न एमाले पनि तयार रहेको छ । हामी पनि सरकारसंगसंगै राहत र उद्धारका कार्यमा जुट्न तयार छौं र जुटेका पनि छौं ।’

सरकारसंगै संघ संस्था, गैरसरकारी संस्था, नागरिक समाज, रेडक्रस जस्ता संस्थाले पनि सक्रियता अपनाएर राहत र उद्धारको कार्यमा जुट्न अहिलेको जरुरी रहेको अध्यक्ष ओलीको आग्रह छ ।
सम्बोधनमा अन्य प्रसंग पनि कुरा गर्दै अध्यक्ष ओलीले मधेशको विकास बिना देशको विकास सम्भव नरहेको जिकीर गरे । त्यसकारण हामीले पहिला मधेशको विकासतर्फ ध्यान जरुरीरहेको उनको तर्क छ ।
मधेश उर्वर भूमिरहेकोले देश विकासका लागि मधेश विकास जरुरी रहेको अध्यक्ष ओलीको तर्क छ । एमालेको मधेश प्रदेश कमिटिमा चयन भएका पदाधिकारीहरुले आज सपथग्रहण गरेका थिए ।


सम्बन्धित समाचार