Logo

२०कात्तिक,पोखरिया । पर्साको दसौतादेखि रौतहटको अरुवा पुलसम्म ६१.९ किलोमिटर सडक बनाउने क्रममा अनियमितता भएको पाइएको छ ।

कालोपत्र गर्ने क्रममा ग्राभेल बिछ्याउँदा जगरनाथपुर गाउँपालिकाको वडा नं. ५ हनुमान मन्दिरदेखि दसौतासम्मको क्षेत्रमा अनियमितता भएको स्थानीयको आरोप छ ।

ठेकेदारले ग्राभेल बिछ्याउने क्रममा ६५ प्रतिशत गिट्टी, ३५ प्रतिशत मसिनो गिट्टी र बालुवा भएको ग्राभेल प्रयोग गर्नुपर्नेमा सो नगरी अत्यधिक माटो र बालुवा भएको ग्राभेल प्रयोग भइरहेको स्थानीयले आरोप लगाएका छन् ।

यसबारेमा इन्जिनीयर राकेश रजकसँग बुझ्दा उहाँले ग्राभेलको गुणस्तरमा कुनै कमीकमजोरी नभएको दाबी गर्नुभयो । उहाँले ०.०५ एमएम पनि ग्राभेलमा गणना हुने र सोही स्तरको ग्राभेल प्रयोग भएकोले आम मानिसले माटो भनेर आरोप लगाउने गरेको बताउनुभयो ।

पर्साको दसौंतादेखि रौतहटको अरुवा पुलसम्म नारायणी सिंचाइ गण्डक नहर अन्तर्गत ६५ किलोमिटर सडक कालोपत्र भइरहेको छ । गण्डक नहर अन्तर्गत पर्सामा अहिले पाँच किलोमिटर मात्र गण्डक नहरको सडक कालोपत्र हुन बाँकी छ ।

सोबाहेक सडक कालोपत्र भइसकेका छन् । यो सडकखण्डको कालोपत्र गर्ने ठेक्का शिवालय÷दिवा जेभीले लिएको छ । भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगमा एक अर्बको लागतमा गण्डक नहर कालोपत्र गरिंदैछ ।


सम्बन्धित समाचार