Logo

२० कात्तिक,वीरगञ्ज ।सगरमाथा टेलिभिजन र राष्ट्रिय सरोकार मञ्चले आज शुभकामना आदान प्रदानको आयोजना गरेको छ ।

टेलिभिजनका पर्सा सम्वाददाता प्रणय कुमारको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले चाडपर्व शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्नुभयो ।

उहाँले चाडपर्वको समयमा बढी घटनाहरू हुने प्रवृत्ति रहेकोले यसको नियन्त्रणमा समाजको पनि दायित्व र भूमिका हुने बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले पर्सामा पछिल्लो समयमा सुरक्षा निकायलाई नै चुनौती बढेकोले सुरक्षा कडा पार्नुपर्नेमा जोड दिनुभयो ।

मशासंघका मधेस प्रदेश महासचिव श्याम बञ्जाराले प्रहरी प्रशासन नागरिकको सुरक्षामा ध्यान दिनुभन्दा व्यक्तिगत स्वार्थमा लागेको नागरिकले महशुस गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष हरि गौतम, प्रेस सेण्टरका केन्द्रीय सदस्य नीरज पिठाकोटे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत राष्ट्रिय सरोकार मञ्च नारायणीका संयोजक नन्दकिशोर गोयलले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन टेलिभिजन मधेस प्रदेश बजार प्रमुख बालेश्वर थारूले गर्नुभएको थियो ।


सम्बन्धित समाचार