![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/11/upendra-yaday.jpg?fit=1080%2C810&ssl=1)
२० कात्तिक,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले ठुला तीन दलकै कारण देशको हालत विग्रदै गएको आरोप लगाउनुभएको छ ।
देशमा बहुदलीय व्यवस्था लागू भएको ३४ वर्षदेखि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आए पनि उहाँहरुले देश बनाउन नसकेको यादवले आरोप लगाउनुभयो ।
जसपा नेपाल जिल्ला कार्य समिति बाराले महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलकुवा स्थित रहेको महादेव स्थानको प्राङ्गणमा आयोजना गरेको शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले बहुदलीय व्यवस्था लागु भएपछि कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व गर्न थालेपछि देशका सबै उद्योग कलकारखाना बन्द भएको बताउँदै लाखौं व्यक्तिले रोजगारी पाएको देशका ठूलठूला उद्योग कलकारखानाहरु बन्द भएको बताउनुभयो ।
यसले गर्दा लाखौं युवा रोजगारी नपाएर कतार, दुबई, सउदी र मलेशिया लगायतका खाडी मुलुकमा श्रम गर्न जान बाध्य भएको उहाँले बताउनुभयो ।