Logo

२१ कात्तिक,काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ। गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई सोमबार जिम्मेबारीबाट हटाएको हो।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका सञ्चार सल्लाहाकार कमल गिरीले एसपी खड्कालाई धनुषाबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पठाइएको बताए। एसपी खड्कालाई जिम्मेवारीबाट हटाउनुमा आरती साहको मृत्यु घटना जोडिएको छ।

लामो समयदेखि माइतीघरमा आन्दोलनरत साहका आफन्तले एसपी खड्कालाई जिम्मेवारीबाट हटाए मात्रै सरकारसँग वार्ता गर्ने अडान लिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो।
सोमबार मात्रै गृहमन्त्री श्रेष्ठले साहको परिवारलाई वार्तामा आउन आग्रह गरेका थिए। पीडित परिवारले भने एसपी साहलाई हटाएपछि मात्रै वार्तामा आउने बताएका थिए।

गत जेठ ७ गते साह आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन्। सो प्रकरणमा आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार समेत पठाएको थियो।


सम्बन्धित समाचार