Logo

२१ कात्तिक,काठमाडौं। जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि राजनीतिक दलहरुले सहयोग गर्ने क्रम चलिरहेको छ ।

यसै क्रममा सरकारको नेतृत्व गरेको नेकपा(माओवादी केद्र)ले भूकम्प पीडितका लागि राहतस्वरुप ५० लाख सहयोग गरेको छ ।

उपाध्यक्ष पम्फा भुसाल लगायतका माओवादी नेताहरुले सिंहदरबारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले व्यापक धनजनको क्षति भएको छ । उक्त क्षेत्रका पीडितको राहतका लागि राजनीतिक गतिविधि स्थगन गरेर सबै दलहरु सहयोगमा जुटेका छन् ।


सम्बन्धित समाचार