Logo

२२ कात्तिक,पोखरिया। पर्साको पोखरिया वडा नं. ४ मा नेकपा एमाले नगर कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

दिपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्याक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताले निर्वाचनमा प्रतिवद्धता गरेको बिकास निर्माणको काम सरकारको कारणले पुरा गर्न नसकेको बताउनुभयो । पर्सा जिल्लाको लागि पेश गरिएको बजेट वर्तमान सरकारले पारित नगरेको उहाँको आरोप छ ।

वर्तमान सरकार पतन भई नयाँ सरकार गठन हुने र आफुले गरेको सम्पूर्ण वाचा पुरा गर्ने उहाँको भनाइ छ । उहाँले तिहार तथा छठ पर्व सभ्यरुपले मनाउन आग्रह गर्नुभएको छ ।

यस्तै एमालेका नेता शिव पटेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै अधिकार स्थानिय सरकारलाई दिइएकोले अरुको दोस लगाउन उचित नहुने उल्लेख गर्नुभयो । जुनसुकै पार्टीले चुनाव जितेपछि आगामी दिनमा एकजुट भई अघि बढ्ने पटेलले जानकारी दिनुभयो ।

नगर कमिटीका अध्यक्ष बिध्याञ्चल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा अरविन्द सिंह, बिचारी यादव, जयप्रकाश थारु, नगरप्रमुख प्रदुमन चौहान, मंजुर आलम, नेजामोदिन समानी, खलिल मियाँ, जालिम मियाँ, हरिनारायण रौनियार, वडाध्यक्ष प्रमोद गिरी, राजेश रौनियार, विश्वनाथ साह लगायतकाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपप्रमुख रुवी ठाकुर, लक्ष्मी कुशवाहा, वडा अध्यक्षहरु महम्मद निजाम, शिक्षक संगठनका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत संतोष गिरी तथा संचालन विनोद गिरीले गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार