Logo

फाइल तस्बिर

२२ कार्तिक, वीरगञ्ज । ईट्टा भट्टामा हालेर मान्छेलाई जिउदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहम्द अफताब आलमको मुद्दामा बहस सकिएको छ । बादी प्रतिबादी गरि दुबै पक्षका वकिलहरुको बहस बुधबार सकिएको हो ।

दुबै पक्षका बहस सकिएपछि जिल्ला अदालत रौतहटका दुइृ ईजलाशका न्यायधिश बाबुकाजी बाँनियाको ईजलाशले उक्त मुदामा बुधबार आदेश गरेको छ । वकिलहरुको बहस सकिएपछि अदालतले मुदाको दुबै पक्षलाई बहस नोट पेश गर्ने आदेश दिएको छ ।

दुबै पक्षको वकिलको बहस सकिएको तथा अब बहस नोट पेश गर्ने आदेश भएको अदालतका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए ।अब दुबै पक्षलाई बहसु नोट पेश गर्नको लागि १५ दिनको म्यदा दिईने उनले बताए । यसैगरि ईजलाशलाई सहजीकरण गर्नको लागि मुदाको टिपोर्ट पेश गर्ने पनि आदेश भएको ढोडारीले बताए ।

अब दुबै पक्षले १५ दिनभित्र बहस नोट पेश गरे वा नगरेपनि ईजलाशमा पेश हुनेछ । आलमसहित बिरुद्धको यो मुदाको अन्तिम सुनुवाई मँसिरसम्म टुँगो लाग्ने ढोडारीको भनाई छ । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका ४ सरुअठाका २४ वर्षिय त्रिलोक प्रताप सिंह र २२ बर्षिय ओसी अख्तरको मृत्यु भएको थियो ।

विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले आलमसहितलाई प्रतिबादी बनाएर ०७६ साल कार्तिक १८ गते जिल्ला अदालतमा विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरमा मुदा दर्ता गराएका थिए ।

जिल्ला अदालत रौतहटका अनुसार हालसम्म उक्त मुदा १६ पटक पेशी चढेको छ ।


सम्बन्धित समाचार