Logo

२२ कार्तिक,जनकपुर । इन्टरनेटमाध्यमबाट समेत अपराध बढ्दै गएपछि सरकारले सामाजिक सञ्जाललगायतका प्राविधिकलाई नियन्त्रण तथा नियमन गर्न थालेपछि सरोकारवालले जनचेतनामुलक अभियान नै सञ्चालन गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत कुनै व्यक्तिको चरित्र हत्या गर्नेदेखि फेक फेसबुक एकाउन्ट, टिकटक, इन्स्टाग्रामलगायत विभिन्न माध्यमबाट जथाभावी लेखेर फोटोसहित पोस्ट गर्ने र ठगी धन्धा चलाउने गिरोहलाई पनि कानूनी दायरामा ल्याउनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले अभियान चलाएको हो ।

यसै अन्तर्गत जनकपुरधाम उप–महानगरपालिका स्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई सरोकारवालको उपस्थितिमा साईबर अपराधसम्बन्धी जनचेतनामुलक तालिम दिएको छ ।

धनुषा प्रहरीका प्रहरी निरीक्षक नवराज खड्काको कमाण्डमा खटेको प्रहरी टोलिले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोनाष्टिक विद्यालयका कक्षा ११ र कक्षा १२ का विद्यार्थी, शिक्षक, शिक्षिकालगायतकालाई साईबर अपराध सम्बन्धी जनचेतनामुलक कक्षा संचालन गरिएको धनुषा प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार