Logo

२२ कार्तिक, बारा । बाराको सिमरा स्थित जगदम्बा स्टिल भित्र लहरी ट्रकले किच्दा एक जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा बस्ने बर्ष २३ का उज्जवल कार्की रहेका छन् । सरसफाईकर्मी रहेका कार्की एक जना साथीसँगै ट्रक भन्दा केही पर आराम गरिरहेको समयमा चालकले चलाएको प्रदेश ०२— ०३ —००१ ख ५९६ नम्बरको लहरी ट्रकले किचेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रहरीले चालक र ट्रकलाई नियन्त्रमा लिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारीदिनुभयो ।


सम्बन्धित समाचार