Logo

२३ कात्तिक,बारा । बाराको सिम्रौनगढबाट हतियार सहित पाँच जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवानपुर गाउँबाट ५ जना हतियारधारी समूहलाई सिम्रौनगढको प्रहरीको टोलिले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट २ थान पेस्तोल र १० राउन्ड गोली बरामद भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिनुभयो ।

पक्राउँ पर्नेमा बारा सिम्रोनगढ नगरपालिका . वडा नं.११ भगवानपुर बस्ने बर्ष ४० को उपेन्द्र पटेल ,बर्ष २७ को धिरेन्द्र पटेल,बर्ष ६२ को रुपलाल पटेल ,जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.२ बस्ने .बर्ष ४४ को राजमंगल पटेल र बर्ष ८० को सोभा राउत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बिशेष सुचनाको आधारमा गएको प्रहरीको टोलीले उपेन्द्र पटेलको घरबाट सो परिमाणको हातहतियार लुकाईपछपाई राखेको अवस्थामा बरामद गरेको थियो ।


सम्बन्धित समाचार