Logo

२४कात्तिक, वीरगञ्ज । वीरगञ्जको रेशमकोठीमा रहेको मस्कोट एकेडेमीले तिहारको अवसरमा विद्यालयमा अन्तर सदन ‘देउसी भैलो’ प्रतियोगिताको आयोजना गरेको छ ।

विद्यालयका विद्यार्थीहरुलाई नेपालको सांस्कृतिक पर्वहरुको जानकारी गराउने र मनाउने तरिकाको बारेमा अवगत गराउनका लागि अन्तर सदन देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।

मस्कोट एकेडेमीका निर्देशक छेडुप लामाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले उद्घाटन गर्नुभएको थियो ।

मस्कोट माविको ग्रिन हाउस प्रथम, ब्लु हाउस दोस्रो र रेड हाउस तेस्रो भएको विद्यालयका निर्देशक छेडुप लामाले जानकारी दिनुभयो ।

यस्तै तिहारको अवसरमा मनकामना माविले पनि अन्तर सदन दैउसी भैलो नृत्य प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा डी–१ प्रथम, डी–३ दोस्रो, डी–४ तेस्रो र डी–२ ले सान्त्वना पुरस्कार प्राप्त गरे ।

विद्यालयका संस्थापक निर्देशक पुरण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष जगत साह कानु उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययन गरेका फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ र ९ का वडा अध्यक्ष नितेश चौधरी, राकेश यादव, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश ईञ्चार्ज निरज पिठाकोटे, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य जगत राई वीरगन्ज युवा समाजका अध्यक्ष सञ्जिव थापा लगायतले विजयीहरूलाइ पुरस्कार वितरण गरेका थिए । दुवै प्रतियोगिताका निर्णायक पुनम सिंह र फुर्वा शेर्पा हुनुहुन्थ्यो ।

 


सम्बन्धित समाचार