Logo

२५ कात्तिक,वीरगञ्ज । नेपाल आदिवासी जनजाति महासंघ वीरगञ्ज माहानगर कमिटिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

होटल मकालुमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यले उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उपकुलपति डाक्टर शाक्यले आदिवासी जनजाति समुदायको भाषा, धर्म, संस्कृति संरक्षणमा एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले कुनैपनि समुदायको पहिचाा समाप्त पार्ने ती समुदायको भाषा र संरकृतिमा प्रहार गर्ने गरेको भन्दै त्यसको रक्षाका लागि सबै आदिवासी एक हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डाक्टर कृपासिन्धु चौधरीले आदिवासी जनजाति समुदाय एकजुट हुन नसक्दा राजनीतिक नेतृत्वमा पनि अगाडि बढ्न नसकेको बताउनुभयो ।

उहाँले राज्यको नेतृत्व तहमा पुग्ने आदिवासी जनजातिले राष्ट्र र जनताको लागि काम गरेर देखाएको उदाहरणहरू धेरै रहेकोले अब राज्य सञ्चालनको नेतृत्व आदिवासी जनजाति अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महासंघका वीरगन्ज महानगर समिति अध्यक्ष रोशनी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ मधेस प्रदेश बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे, फोनिज मधेस प्रदेश ईञ्चार्ज निरज पिठाकोटे, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिति रहेको थियो । महानगरका बरिष्ठ उपाध्यक्ष पुरन गुरूङले स्वागत गरेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी मुस्कान श्रेष्ठले गर्नुभएको थियो ।


सम्बन्धित समाचार