Logo

२६ कात्तिक,वीरगञ्ज । सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल (रेस नेपाल)द्वारा संचालित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज १८ औं वर्षमा प्रवेश गरेको छ ।

रेस नेपालले २०६३ साल भदौमा सामुदायिक रेडियो संचालनका लागि इजाजत लिएर सोही बर्षको कार्तिक ४ गते लक्ष्मीपुजाको दिन नारायणी एफएमले परिक्षण प्रशारण शुरु गरेको थियो । नारायणी एफएमले स्थापनाको १७ बर्ष सफलताका साथ पुरा गरेर १८ औं बर्षमा प्रवेश गरेको छ । रेडियोले बार्षिकोत्सवको अवसर पारेर आज मानवसेवा आश्रम वीरगञ्जमा रहेका आश्रित व्यक्तिहरुलाई विहानको एकछाक खाना खुवाएको छ ।

यस्तै गत कार्तिक १८ गते रक्तदान र १९ गते वीरगञ्ज स्थित आशाकिरण केन्द्रमा रहेका फरकक्षमताका बालबालिकाहरुलाई खाद्यान्न वितरण गरिएको थियो । सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले आज एक विज्ञप्ति जारी गर्दै रेडियोलाई माया गरेर यहाँसम्म ल्याउन सहयोग पु¥याउनु हुने विज्ञापनदाताहरु, रेडियोका श्रोता, सहयोगी तथा शुभेच्छुकहरुमा हार्दिक धन्यवाद दिनुभएको छ ।

रेडियोको स्थापनाकालदेखि हालसम्म रेडियोमा कार्यरत वर्तमान तथा पूर्व रेडियोकर्मीहरुप्रति विशेष आभार प्रकट गर्नुभएको छ । रेडियोलाई जनताको मनको रेडियो बनाउन योगदान पु¥याउनु भएका संचालक समितिका पदाधिकारी एवं रेडियोको समग्र व्यवस्थापनमा भूमिका निर्वाह गर्नुहुने रेडियोकर्मीहरुप्रति अध्यक्ष देवकोटाले उच्च सम्मान प्रकट गर्नुभएको छ ।

सामुदायीक रेडियो नारायणीे एफ.एमले स्थापनाकालदेखि स्थानीय विषयवस्तुलाई प्रमुख एजेण्डाको रुपमा समाचार र कार्यक्रममा समावेश गर्दै आएको अध्यक्ष देवकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तिमा स्थानीय सरकार तथा नागरिकप्रति उत्तरदायी संस्थाहरुलाई तोकेको जिम्मेवारी पुरा गराउने उद्देश्यका साथ ती निकायहरुलाई जवाफदेही बनाउने रेडियोको अभियानमा साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभावमा धन्यवाद ज्ञापन गरिएको छ ।

सामुदायिक रेडियो नारायणी एफएमले पछाडी परेका समुदायको समस्यालाई मुख्य मुद्दा बनाएर उठान गर्ने, तीन तहका सरकारलाई नागरिक प्रति जवाफदेही र उत्तरदायी बनाउने, समाजमा विद्यमान परम्परागत हानिकारक कुसंस्कार र कुप्रथा विरुद्ध जनतामा सचेतना एवं जागरुकता पैदा गर्ने खालका विषयवस्तुलाई सामुदायिक रेडियो नारायणी एफएमले समाचार र कार्यक्रममा प्राथमिकता दिँदै आइरहेको छ ।

सामुदायिक रेडियो नारायणी एफएमले स्थानीय भाषाको प्रवद्र्धनका लागि भोजपुरी र मारवाडी भाषामा कार्यक्रम संचालन गर्दै आइरहेको छ । स्थानीय भाषा, कला, साहित्य, रीतिरिवाज र संस्कृतिको प्रवद्र्धनका लागि नारायणी एफएमको अभियान जारी नै रहने प्रतिवद्धता जाहेर गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

अहिले मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव रेडियोमा समेत परेको छ । मुलुकमा उद्योग व्यवसाय फस्टाउन नसक्दा विज्ञापनदाताहरुले आफ्नो उत्पादनको विज्ञापन गर्न सकेका छैनन् । यस्तो विषम परिस्थितिमा नागरिकका जनजीविकाको पक्षमा वकालत गर्दै आइरहेको सामुदायिक सञ्चारमाध्यमलाई संकटको घडीमा साथ, सहयोग र प्रवद्र्धनका लागि विज्ञप्ति मार्फत अपिल गरिएको छ ।


सम्बन्धित समाचार