Logo

२७ कात्तिक,काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले भूकम्प पीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले बालुवाटार पुगेर १० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका हुन् ।

सो क्रममा भट्टराईले प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अङ्ग र तह परिचालित गरी अझै छिटो र प्रभावकारी रूपमा गर्न आग्रह गरेका थिए ।

कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा जनधनको क्षति भएको थियो । सयौँ घर भत्किएका छन् भने स्थानीयहरू चिसो आकाशमुनी बारीमा बस्न बाध्य छन् ।

 


सम्बन्धित समाचार