Logo

फाइल तस्वीर

२७ कात्तिक,वीरगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सरकारले सुरु गरेको बताएका छन् ।

चितवनको भरतपुरमा आज सञ्चारकर्मीसंगको कुराकानीमा मन्त्री किराँतीले विमानस्थलका बारेमा भएका अवरोध र समस्याहरु कम हुँदै गएपछि निर्माणको प्रक्रिया सरकारले अगाडि बढाएको जनाए ।

काठमाडौंको एयर ट्राफिक जामलाई कम गर्नका लागि पनि बारामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको मन्त्री किराँती बताउँछन् ।
उनका अनुसार बारामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएकै कारण फास्ट ट्र्याक निर्माण थालिएको हो ।

उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पब्लिक प्राइभेट पार्टनरसिप ९पीपीपी० मोडलमा सञ्चालनको तयारी गरिएको जानकारी पनि दिए ।

उनले विमानस्थलहरु आवश्यकता भन्दा पनि राजनीतिक दबाबमा बन्दा व्यवसायिक उडाउन हुन नसकेको बताए ।
तिहारका अवसरमा चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ्गहरुलाई न्यायो कपडा वितरण तथा चेपाङ्ग बालबालिकासँग देउसी भैलो खेल्न मन्त्री किराँती चितवन पुगेका हुन ।

 

 


सम्बन्धित समाचार