Logo

२७ कात्तिक,पोखरीया । नेपाल कम्युनिष्ट पार्टी नगर कमिटिको बैठक आज पर्साको पोखरियामा सम्पन्न भएको हो ।

यहि मंसिर ५ गते पोखरियामा नेकपा एमालेको राष्ट्रिय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने पार्टी प्रवेश तथा सभा कार्यक्रमको तयारीमा आज बैठकको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेश कमिटीको सदस्य एवम् नगर प्रमुख प्रधुम्न चौहानले आ–आफनो गाउँ टोलबाट सहभागिता जुटाउन र कार्यक्रमलाई सफल बनाउन सक्रियतापूर्वक लाग्न अनुरोध गर्नुभयो ।

नगर अध्यक्ष विन्ध्याचल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा योगेन्द्र पटेल, प्रमोद गिरी, बिनोद गिरी, महिन्द्रर महतो, रामप्रवेश चौहान, कौशल किसोर साह लगायतले मन्तब्य राख्नुभएको थियो ।


सम्बन्धित समाचार