Logo

२७ कात्तिक,पोखरिया । टैरीमाइ युवा क्लब पोखरिया नगरपालिका ८ जगतपुरको आयोजनामा शैक्षिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी पोखरीया नगरपालिकाका नगरप्रमुख प्रधुम्न चौहानले जीवनमा शिक्षाको महत्वपूर्ण भूमिका रहेकोले सबै सम्पति एकातर्फ र शिक्षा सिंगो एकतर्फ रहेको बताउनुभयो ।

विद्यालयमा आवश्यक रहेको शिक्षक दरबन्दी पुरा गर्ने तर्फ आफू लागेको र छिट्टै पुरा हुने उहाँको भनाइ छ । कार्यक्रममा वक्ताहरुले समाज परिवर्तन र विकासको लागि शिक्षा जरुरी रहेको जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि स्थानिय भाषामा पठनपाठन गराउन सुझाव दिनुभयो । अहिलेको आवश्यकता बालबालिकाहरुका लागि प्राविधिक शिक्षा दिने भएकोले नानी बाबुलाई पढाउन उहाँको सुझाव छ ।

कार्याक्रममा अभिभावकहरूले समेत नियमित विद्यालयमा नियमित पठनपाठन सञ्चालन हुनुपर्ने तथा समयसमयमा विद्यालयमा अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।


सम्बन्धित समाचार