Logo

२८ कात्तिक, वीरगञ्ज । नेपालीहरुको महान् चाड छठ पर्व नजिकिएसंगै वीरगञ्जको घण्टाघरसहित आसपासको क्षेत्रमा घुइँचो बढेको छ ।

खासगरी छठ मनाउनका लागि त्यसमा चाहिने पुजन सामग्रीको किनमेल बढेपछि बजारमा चहलपहल बढेको हो । दीपावली सकिएसंगै अब छठ पर्वको तयारी सुरु भएको छ । दीपावलीको छैठौ दिनमा छठ पर्व मनाउने चलन छ । अर्थात् आउने ३ गते छठ पर्व मनाइन्छ छ ।

छठ पुजामा विशेषगरी छैटा, सुपली, माटोको हात्ती, दउरी लगायतका पुजन सामग्री प्रयोग गरिन्छ । त्यसकारण छठ पुजामा यसैको कारोबार बढी हुने पनि गरेको छ ।

छठ पर्व सुरु भएसंगै पुजन सामग्रीको पनि कारोबार बढिरहेको व्यापारीको भनाइ छ । उनीहरुका अनुसार खासै अहिले व्यापार नचलेपनि केही हदसम्म भने कारोबार भइरहेको छ । व्यापारीहरुका अनुसार छैटाको मुल्य ५ सय, दउराको ३ सय, सुपलीको डेढ सय, सानो दउराको ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

घण्टाघरमा यी पुजन सामग्रीको किनमेल गर्न लागेको भीडभाँडको दृश्य हेरौं ।


सम्बन्धित समाचार