Logo

२९ कात्तिक,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरामा छठ ब्रतालु महिलाहरुलाई साडि र छठी सामग्री बितरण गरिएको छ ।

स्थानीय ब्यपारी मुकेश साहले आफनो आमाबुवाको हाथबाट आर्थिक अवस्था कमजोर ८१ जना छठ ब्रतालु महिलाहरुलाई साडि ,नरिवल ,अगरबत्ती ,मिठा ,तेल लगायतका सामग्री बितरण गरेका हुन् ।

छठीमाई माताप्रती आफनो बिशेष आस्था रहेका कारण हरेक बर्ष झै यस बर्ष पनि साडि लगायतको छठी सामग्री बितरण गरेको स्थानीय ब्यपारी साहले बताउँनुभयो । साडि प्राप्त गर्नेमा आर्थिक अवस्था कमजोर तथा दलित महिलाहरु रहेका छन् ।


सम्बन्धित समाचार