Logo

१ मंसिर,वीरगञ्ज । छठ पर्वको अवसरमा घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । घडिअर्वा पोखरी परिसरमा बिहान ७ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रममा ३ महिलासहित ५७ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरु प्रभाकर गुप्ता, राजेश सिंह, सुरज साह सोनार, मनोहर साह कानु, सुशिल कुमार कानु, संतोष साह कानु, लखन कुमार गुप्ता, रोहित कुमार बर्णवाल, ओमप्रकाश गुप्ता, किशोरी साह कानु लगायतका छन् ।

रगतदान गरेर असहायहरुमा सहयोग पुर्‍याउने हेतुले घडिअर्वा छठ पूजा व्यवस्थापन समितिबाट रक्तदान कार्यक्रम आयोजना गरिएको समितिको भनाइ छ ।

घडिअर्वा छठ पूजा व्यवस्थापन समिति तथा घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष लखन कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानु, समाजवादी विद्यार्थी युनियनका सचिव निखिल वर्णवाल, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलिपराज कार्कीसहितको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार