Logo

१ मंसिर वीरगञ्ज । बीरगन्ज महानगरपालिकाको वडा नम्बर १० मा रहेको घडिअर्वा छठ पोखरी छठघाटको तयारी पूरा भएको व्यवस्थापन समितिले जनाएको छ । छठघाटको प्राङ्गणमा शुक्रबार ९आज० पत्रकार सम्मेलनको आयोजना गर्दै छठ पूजा व्यवस्थापन समितिका सचिव लखनलाल साह कानुले छठघाट सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् ।

छठघाट व्यवस्थापन समितिका सचिव कानुले यो वर्ष छठघाटको सजावट र व्यवस्थापनमा करिब साढे १५ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । उनका अनुसार अहिलेसम्मको योजनाअनुसार टेन्ट–पण्डाल, सजावट बत्ती, साउण्ड सर्भिसमा ७ लाख ५१ हजार, स्टेशनरी खर्च २२ हजार, अतिथि खर्च ७० हजार, सरसफाई खर्च ६० हजार, प्रचार प्रसार खर्च ३५ हजार, भिडिओ ग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख २८ हजार, बिजुली मिस्त्री १८ हजार, सूर्य मन्दिर कपडा सिलाई २ हजार ५ सय र चैती छठका लागि ७० हजार गरि कुल १५ लाख ४१ हजार ५ सय खर्च हुने अनुमान छ ।

सजावटसंगै सबैको सुरक्षामा भरपुर ध्यान दिइएको छ । व्रतालुहरुको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्वयमसेवक गरी करिब २ सय जना परिचालन गरिएको छठ पूजा व्यवस्थापन समितिको भनाइ छ ।
प्रत्यक्ष निगरानीसहित अन्य गतिविधिको निगरानीका लागि पनि छुट्टै सिसिटिभि जडान गरिएको छठ पूजा व्यवस्थापन समिति बताउँछ ।

समितिका सचिव कानुका अनुसार यो करिब २० वटा सिसिटिभि क्यामेरा जडान गर्ने लक्ष्य लिइएको छ । घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दीपकुमार कानुको अध्यक्षतामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।


सम्बन्धित समाचार