Logo

४ मंसिर,वीरगञ्ज । छठ पर्वको समापनका दिन पड्काएको पटकाले लागेर एकजना घाईते भएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ वीरगन्ज भन्सार क्षेत्रको इनर्वामा रहेको छठघाटमा पड्काएको पटकाले नारायणी एफ.एम.का बिजुली मिस्त्री राजेन्द्र पण्डित घाईते हुनुभएको हो ।

बिहान उदाउँदो सूर्यलाई अर्घ दिन मोटरसाईकलमा छठघाटतर्फ गइरहेको समयमा छठघाटमा आएका युवाहरुले पड्काएको पटका आँखामा परेर घाईते हुनुभएको हो ।

पटकाले पण्डितको आँखाको बाहिरी भागमा चोट लाग्नुका साथै जलेको छ । पटका पड्किएर घाइते भएका उहाँलाई उपचारका लागि लिएर आउदै गरेका छठ पूजा व्यावस्थापन समितिका सदस्यले अस्पताल सम्म नपु¥याई रजत जयन्ति चोकसम्म छोडेर भागेको उहाँले बताउनुभयो ।

घटनाको समयमा छठ घाटमा प्रहरीले देखेपनि पटका पड्काउने व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको गुनासो गर्नुभयो । यस विषयमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीसँग सम्पर्क गर्दा उहाँले घटनाको विषयमा जानकारी नभएको भन्दै घाईतेलाई फोन गर्न लगाउनु भन्ने प्रतिक्रिया दिनुभयो ।


सम्बन्धित समाचार