Logo

फाइल तस्बिर

५ मंसिर,वीरगञ्ज । बाराको पचरौतामा दुईपक्षबीच झडप हुँदा दुईजना घाईते भएका छन् । झडप नियन्त्रणका लागि प्रहरीले ८ राउण्ड गोली हवाई फायर गरेको छ । पचरौता नगरपालिका वडा नं.०७ बेनौली स्थित झण्डा मेला लगाउने विषयलाई लिएर गएराति गाउँका दुबैपक्षबीच भएको हो ।

झडपमा भएको ढुङ्गा मुढा हनाहानबाट दुईजना घाईते भएका छन् । घाईते हुनेमा बाराको पचरौता न.पा. ७ बेनौली बस्ने अन्दाजी ४० वर्षका लक्ष्मी पटेल, सोही स्थानका अन्दाजी ४२ बर्षका चण्डीका पटेल रहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो ।

मेलामा भएको विवादपछि दुईपक्षबीच ढुङ्गा मुढा हनाहान र झडप भएपछि तत्काल प्रहरी टोली खटाईएको थियो । झडपका कारण अवस्था तनावग्रस्त बनेपछि अवस्था समान्य बनाउन शुरुमा प्रहरीले दुई राउण्ड गोलि हवाईफायर गरी भीडलाई तितर बितर पारेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

गएराति पौने १२ बजेको समयमा दुबैपक्ष विच पुनः ढुङ्गा मुढा हनाहान भएपछि प्रहरीले थप पाँच राउण्ड, तेश्रो पटक पनि भएको झडपमा एक राउण्ड गरी जम्मा ८ (आठ) राउण्ड गोलि हवाईफायर गरिएको प्रहरीको भनाई छ । झडप नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड गोली फायर गरेको जिल्ला प्रहरी बाराले जनाएको छ ।


सम्बन्धित समाचार