Logo

५ मंसिर,वीरगञ्ज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओली वीरगञ्ज आइपुगेका छन् ।
काठमाडौंबाट विहान १०ः ४५ को हवाइजहाजले सिमराहुँदै उनी वीरगञ्जआइपुगेका हुन् ।

पर्साको पोखरियामा रहेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन तथा नव प्रवेशीलाई स्वागत गर्न एमाले अध्यक्ष ओली आफै मधेश झरेका छन् ।
अध्यक्ष ओलीसहित एमाले नेताहरु योगेश भट्टराइ, अच्यूत मैनाली,सुमन प्याकुरेलसहितका नेताहरु पोखरिया पार्टी प्रवेश कार्यक्रममा आइपुगेको जिल्ला अध्यक्ष विश्म्भर शर्माले जनाए ।

उनका अनुसार पोखरियामा रहेको पार्टी प्रवेश कार्यक्रमलाई अध्यक्ष ओलीसहित अन्य शीर्ष नेताहरु कार्यक्रमस्थल आइपुगेका हुन् ।
एमाले अध्यक्ष ओलीको हातबाट आज पोखरियामा पूर्वसांसद हरिनारायण रौनियारसहितका नेताहरु टिका लगाइ एमाले प्रवेश गर्दैछन् ।

पूर्वसांसद रौनियार जनता समाजवादी पार्टीमा आवद्ध थिए । देशको विकास गर्ने एमाले अध्यक्ष ओलीसंगै मात्र भिजन रहेको भन्दै पूर्वसांसद रौनियार एमाले प्रवेश गर्न लागेका हुन् ।


सम्बन्धित समाचार