Logo

५ मंसिर,वीरगञ्ज । हिन्दू धर्मावलम्बी महान छठ पर्व बिदा भएको आज २ दिन भइसकेको छ । यही ३ गते तराइ मधेशमा धुमधामका साथ छठ पर्व मनाइएको थियो ।

छठ पर्वका लागि यो वर्ष हरेक छठघाटमा धुमधामका साथ सजावट र व्यवस्थापनमा धेरै रकम खर्चिको थियो ।
वीरगञ्जका अधिकांश छठघाट दुलही भन्दा बढी श्रृङ्गारिएको थियो । अर्थात् लाखौं रुपैयाँ खर्च गरेर छठघाट सजाइएको थियो छठ मनाउनको लागि ।

यसरी लाखौं खर्च गरेर सजाइएको अधिकांश छठघाटको पर्व सके लगत्तै बेवास्ता गरिएको पाइएको छ ।
छठ बितेको २ दिन भइसक्दा पनि घाटमा रहेको फोहोरको व्यवस्थापन गरिएको छैन । बीरगन्जसहित अधिकांश छठघाटमा पर्वको लागि भएको फोहोर साम्रगीहरु अहिलेसम्म ज्यूकात्यू छन् ।

तर कुनै सरोकारवाला समिति वा स्थानीय कल्बले भने त्यसको व्यवस्थापनमा ध्यान दिएको छैन । जसकाकारण अधिकांश छठघाटमा फोहोरको थुप्रो लागेको छ ।

वीरगञ्जका घडिअर्वा, नगवा, माइधिया पोखरीसहितका छठघाटमा फोहोरको थुप्रो छ । तर छठपूजा व्यवस्थापन समितिका पदाधिकारीले भने यसलाई अहिलेसम्म सामान्य नै लिइरहेका छन् ।

घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दीपकुमार कानु सरसफाइ गर्न केही ढिलाइ हुन गएको जनाए ।
रेसखबरसंग गरेको कुराकानीमा घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष कानुले घाटको सरसफाइ गर्न केही ढिलाइ भएपनि चाँडै सरसफाइ गरिनेछ,’ उनले भने ।

वीरगञ्जमा यो वर्षमा मुख्यमुख्य गरी २५७ वटा छठघाटमा छठपर्व मनाइएको थियो


सम्बन्धित समाचार