![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/11/370125434_747500770554765_8194586431354187294_n.jpg?fit=1200%2C688&ssl=1)
५ मंसिर,जनकपुर । गणतन्त्रको विरुद्धमा दुर्गा प्रसाईँले जनकपुरधाममा केही दिन अघि गरेको एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ ।
हिन्दु सम्राट सेना धनुषाको आयोजनामा भएको सो कार्यक्रममा राजाभक्ति देखाउँदै जनविरोधीको रुपमा रहेको पुरानो राष्ट्रिय गान बजाएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा एमाले निकट युवा संगठनले जाहेरी दर्ता गराएको हो ।
‘हिन्दू सम्राट सेना धनुषा’ले कार्तिक २८ गते आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि रहेका थिए । सो कार्यक्रममा प्रसाईंको निर्देशनमा पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली’ बजाइएको थियो ।
राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषाका अध्यक्ष रोशनकुमार यादवले जाहेरी दिएका हुन् ।
कुनै पनि व्यक्तिलाई संविधान तथा कानून प्रतिकुल हुने गरी काम गर्न छुट नरहेको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गर्न मागसमेत गरेका छन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ भनि जाहेरी दर्ता गरिएको जाहेरीकर्ता यादवले बताए ।