Logo

६ मंसिर,झापा । जंगली हात्तीको आक्रमणबाट झापामा भुटानी शर्णार्थीको मृत्यु भएको छ। दमकको बेलडाँगीस्थित भुटानी शरणार्थीको शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो। शिविरको सेक्टर नम्बर २ को हट नम्बर २५२ मा तामाङको बसोबास थियो।

तामाङ दिउँसो दाउरा खोज्न जंगल गएका थिए। साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए।
यसैगरी मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जंगली हात्तीले भत्काएको छ।

स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी ४०० किलो धान र २०० किलो चामल खाएको पीडित दाहालले जानकारी दिए।

 

 


सम्बन्धित समाचार