Logo

६ मंसिर,वीरगञ्ज । बारा कलैयाका रुपेश स्वर्णकार हत्याप्रकरणमा नेपाल कम्यूनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्माले ओलीले गम्भीरतापूर्वक चासो लिएका छन् ।

एमालेले राखेको पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्न मंगलबार पर्सा आइपुगेका अध्यक्ष ओलीले स्वर्णकार हत्याकाण्डबारे चासो मात्रै नलिएर आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् ।
सम्बोधनका एमाले अध्यक्ष ओलीले बाराको कलैयामा भएको गोलीकाण्डमा पीडित न्याय नपाएको भनाइ राखेका हुन् ।

स्वर्णकार हत्याकाण्डको अनुसन्धानमा प्रहरीबाट लापरबाही भइरहेको आशय व्यक्त गर्दै अध्यक्ष ओली भनेका छन–कलैया गोलीकाण्डमा अहिलेसम्म पीडितले न्याय पाएका छैन, गृहमन्त्री गम्भीर नभएर हो । तर म यो बारेमा प्रधानमन्त्रीज्यूसंग कुरा गर्छु ।’

एमाले अध्यक्ष ओलीको यो अर्थपूर्ण अभिव्यक्तिपछि स्वर्णकार हत्याकाण्डबारे विभिन्न अड्कलवाजी सुरु भइसकेको छ ।
देशको पूर्वप्रधानमन्त्रीबाट पीडितले न्याय नपाएको अभिव्यक्ति आइसकेपछि बारा प्रहरीको अनुसन्धानमाथि झनै शंका पैदा गरेको छ ।

एमाले अध्यक्ष ओलीको यो अभिव्यक्ति, एउटा अभिव्यक्ति मात्रै नभएर राष्ट्रिय धारणा बनेको बताइन्छ । जानकार भन्छन्,‘सामान्यतः पूर्वप्रधानमन्त्रीहरु हचुवाको भरमा धारणा सार्वजनिक गर्दैनन्, त्यसमा पनि ओली अहिले त एउटा ठुलो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ । जहाँ लाखौं मान्छे आवद्ध छन्, उनको अभिव्यक्ति त ती लाखौं मान्छेको धारणा हो । त्यसकारण उहाँ हचुवाको भरमा बोल्ने कुरै आउँदैन ।’

यति आत्मविश्वासका साथ अध्यक्ष ओलीबाट नै यसरी टिप्पणी आइसकेपछि अब प्रहरी प्रधान कार्यालयले नै यसको बारेमा सत्यतथ्य सार्वजनिक गर्नुपर्दछ, त्यो पनि सबुत प्रमाणसहित,’ जानकारहरु बताउँछन् ।

उनीहरुका अनुसार नत्रभने यो मुद्दाको अनुसन्धानप्रति प्रहरीको खेलाँची रहेको पुष्टि हुन्छ । जसकारण प्रहरीमाथिको नागरिक विश्वास उठ्छ । अनुसन्धानमा प्रहरीबाट गम्भीर लापरबाही भइरहेको ओली अभिव्यक्तिको आशय हो ।

बारा कलैयाका बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारमाथि बितेको १३ गते भएको गोली प्रहारबाट मृत्यु भएको थियो ।
बीरगन्जको बयोधा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । स्वर्णकार हत्याकाण्डमा संलग्न रहेको भन्दै बारा प्रहरीले ५ जना सहयोगी भूमिका रहेकाहरुलाई पक्राउ गरी अनुसन्धान चलाइरहेको छ ।

तर मुख्य योजनाकार र सुटर भनिएका आरोपितहरु भने अझ प्रहरी नियन्त्रणमा भन्दा बाहिर नै छन् । कलैयाकी राधा गुप्तासंगको प्रेम सम्बन्धका कारण स्वर्णकारमाथि गोली चलेको प्रहरी अनुसन्धानमा पाइएको बारा प्रहरीको दाबी छ ।


सम्बन्धित समाचार