Logo

७ मंसिर वीरगञ्ज । काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था आज कडा बनाइएको छ । नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईले आह्वान गरेको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको हो प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी मुख्यालयका अनुसार प्रदर्शनलाई नै लक्षित गरी आज उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । खासगरी निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले जनाए ।

उनका अनुसार अझ तिनकुने क्षेत्रमा त तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् । यसको साथै दुर्गा प्रसाईंको मध्यपुरथिमिस्थित निवास आसपास पनि सुरक्षाकर्मीहरु खटाइएका छन् ।

प्रदर्शनमा अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा ड्रोनबाटसमेत निगरानी गर्ने व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । दुवैको कार्यक्रमस्थलमा सुरक्षाकर्मी तैनाथ भएका छन् ।


सम्बन्धित समाचार