Logo

७ मंसिर, जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आमजनमानसलाई भ्रमित पार्ने गैह्र जिम्मेवारपुर्ण अभिब्यक्ति मिडियामा दिएको भन्दै सिनियर अहेब अधिकृत प्रबिन कुमार झालाई स्पष्टीकरण सोधेको छ ।

वडा नं ७ स्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्र जीतपुरमा कार्यरत छैठो तहका अधिकृत रहेका झालाई स्पष्टीकरण सोधिएको प्रशासन शाखा प्रमुख रामेश्वर बञ्जाराले जानकारी दिनुभयो ।

निजामती सेवा ऐन, २०४९ को दफा ४५ र ४६ तथा राष्ट्रसेवक कर्मचारीको आचरण विपरित प्राथमिक स्वास्थ्य केन्द्र, जीतपुरको बर्थिङ्ग सेन्टर बन्द गरी दिने, स्वास्थ्य संस्था बन्द गरिदिए हुन्छ, कर्मचारी खटन पटन जस्ता बिषयमा स्थानीय सरकार र स्वास्थ्य संस्थाप्रति आम जनमानसलाई भ्रमित पार्ने गैह्र जिम्मेवारपुर्ण अभिब्यक्ति दिनु भएकाले तपाईलाई के कति कारणले बिभागीय कार्बाही गर्नु नपर्ने हो रु पत्र प्राप्त भएको २४ घण्टाभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्देशन दिएको प्रशासन शाखा प्रमुख बञ्जाराले सोध्नु भएको स्पष्टीकरण पत्रमा उल्लेख छ ।


सम्बन्धित समाचार