![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/11/Balkhu-pradarshan-durga-prashain.gif?fit=1226%2C748&ssl=1)
७ मंसिर, काठमाडौ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले बिहीबार काठमाण्डौको बल्खुमा प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा युवासंघका कार्यकर्तासँग जम्काभेट हुँदा दुई पक्षीय झडपको अवस्था निम्तिएको छ । सो क्रममा ढुंगा हानाहानको अवस्था निम्तिएको हो । हिन्दुवादी र राजवादीहरुसहितको प्रर्दशनमा सहभागीले सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् भने शंख बजाउँदै हिन्दुराष्ट्रको पक्षमा नारा घन्काएका छन् ।
उनीहरुले प्रचण्ड नेतृत्वको सरकारका साथै एमालेविरुद्ध मुर्दावादको नारा लगाउँदै हिन्दुराष्ट्र जिन्दावादको नारा लगाएका छन् । प्रदर्शनका लागि प्रसाईँका समर्थकहरु बल्खुमा भेला हुने क्रम जारी छ। प्रदर्शनमा राष्ट्रिय झण्डासमेत प्रयोग गरिएको छ।