Logo

७ मंसिर,वीरगञ्ज ।  सिरहामा गएराती मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किदा ३ जनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । सिरहा प्रहरीका अनुसार मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका  दिनेशकुमार यादव, रामवृक्ष यादव र मुकेशकुमार सिंह छन् ।

मोटरसाइकलमै सवार स्थानीय १५ वर्षीय युवराजकुमार यादव सख्त घाइते भएका छन् । उनलाई थप उपचारका लागि राति नै विराटनगर रिफर गरिएको छ । प्रहरीका अनुसार दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् ।

सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरी भनाइ छ । प्रादेशिक अस्पताल सिराहामा पु¥याउँदा तीनै जनालाई चिकित्सकले मृत्यु घोषणा गरेको डीएसपी रबिन्द्र राजपाण्डेले बताए ।


सम्बन्धित समाचार