Logo

फाइल तस्बिर

७ मंसिर,काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरिएको छ ।

गृह मन्त्रालयको गत मंसिर ५ गतेको निर्णयबाट प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपीमा बढुवा भएकालाई बिहीबार विभिन्न कार्यालयमा पदस्थापन गरिएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षकमा वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गरिएको थियो । बढुवा भएका एसएसपीलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सम्बन्धित समाचार : पाँच एसएसपीले पाए दर्ज्यानी चिन्ह ।

पदस्थापन सूची हेर्नोस्


सम्बन्धित समाचार