Logo

तस्वीर : जिल्ला प्रहरी कार्यालय बर्दिया

९ मंसिर, काठमाडौं । बर्दियामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने एक जना गंम्भीर घाइते भएको छन ।

गुलरिया नगरपालिका(४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानएको हो । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।

आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए ।

गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको उनको भनाई छ । स्थानियवासीले चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको हो । घटनाबार अनुन्धान भइरहेको गरिरहेको अर्यालले बताए ।

आगलागी हुँदा घरको एउटा कोठामा पूरै क्षति भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार