Logo

९ मंसिर,वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा १२ जना महिला सहित ३ सय जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा रक्तदाताको कमी हुने र ग्रामीण क्षेत्रका बिरामीहरूलाई सहज रूपमा रगत उपलब्ध होस भन्ने उद्देश्यले रक्तदानको आयोजना गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमलबिक्रम शाहले रक्तदातालाई रगतको पोका दिएर कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । कार्यक्रममा ग्रामीण क्षेत्रका नयाँ युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार