Logo

१० मंसिर,वीरगञ्ज । देशभर दैनिक एक हजार २०० युनिट रगत माग हुने गरेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । काठमाडौंमा मात्रै दैनिक ३५० युनिट माग हुने गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्यराज पौडेलका अनुसार देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग भइरहेको छ । देशभर वार्षिक साढे चार लाख जनसंख्यालाई रगत आवश्यक पर्ने उनको भनाइ छ ।

माग हुनेमध्ये ८५ प्रतिशत रगत विभिन्न शिविरहरूमार्फत आपूर्ति र १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरूमा नै आएर दान गर्नेहरूबाट संकलन गर्नुपर्ने अवस्था रहेको निर्देशक पौडेलले बताए । अहिले माग भएअनुसार रगतका लागि रक्तदाताको संख्या पर्याप्त नभएको पौडलको भनाइ छ ।

“नेपालमा कुल जनसंख्याको लगभग दुई प्रतिशत दाताको आवश्यकता पर्ने भएपनि अहिलेसम्म ०.९ प्रतिशतमात्रै पुगेको छ, सरकारले रगत व्यवस्थापनका लागि बजेट बढाउनुपर्ने आवश्यकता छ,” पौडेलले भने ।

 


सम्बन्धित समाचार