Logo

१० मंसिर, वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको आयोजना तथा सिद्धार्थ मावि चिनीमिल वीरगंजको आतिथ्यमा आज शिक्षक नायक गोष्टी सम्पन्न भएको छ ।

जिल्ला बिकास तथा समन्वय समिति पर्साको सभा हलमा भएको कार्यक्रममा विद्यालय स्तरबाट बालबालिकाहरु तथा यूवाहरुलाई रेडक्रसमा प्रवेश गराई मानवीय, सामाजिक तथा निस्वार्थ भावनामा सेवा गर्न अभिप्रेरित गराउन वक्ताहरुको जोड छ ।

विद्यालयमा हुने आन्तरिक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराई नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्षमताको वृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । जिल्लाका आधारभूत विद्यालयहरुमा नेपाल जुनियर तथा यूवा रेडक्रस गठन गर्नका लागि जिल्लाका करिब एक सय बिद्यालयका शिक्षक नायकहरुको गोष्ठीमा सहभागिता थियो ।

नेपाल जुनियर तथा यूवा रेडक्रस पर्साका संयोजक बिनोद गिरीको सभापतित्व तथा जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका सभापति फूलमहम्द मिया, शिक्षा बिकास तथा समन्वय इकाई पर्साका निमित प्रमुख उमेश मुखिया बिन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

गोष्टीमा रेडक्रसकर्मी शैलेन्द्र चौरसिया, फूलमहम्द मियाँ र बिनोद गिरीले प्रशिक्षण दिएका थिए ।


सम्बन्धित समाचार