![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/11/janamat_parsa.jpg?fit=1599%2C1200&ssl=1)
१० मंसिर,वीरगञ्ज । सीके राउत नेतृत्वको जनमत पार्टी पर्साले रंगभेदविरुद्धको एकता दिवस आइतबार वीरगञ्जमा मनाएको छ ।
रंग विभेद विरुद्धको आक्रमण अत्य गर मूल नाराका साथ वीरगञ्जको घण्टाघरमा एक कार्यक्रमको आयोजना गरेर जनमतले दिवस मनाएको हो ।
२०७१ मंसिर १० गते काठमाडौंको सुन्धारा क्षेत्रबाट जनमता पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउत लगायत ३०० भन्दा बढी मधेशीहरुलाई गिरफ्तार गरिएको र त्यस क्षेत्रमा कालो छाला भएको मान्छे देखिने वित्तिकै गिरफ्तार गरिने कार्यको विरोध को सम्झनामा हरेक बर्ष मंसिर १० गते रंगभेदी विरुद्धको दिवस मनाइदै आइएको जनमत पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए ।
जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष सरार्फ कै अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज माधव सिंह, राष्ट्रीय परिषद सदस्य डा. अजय यादव, जिल्ला सह–इन्चार्ज मुकेश द्विवेदी, युवा नेताहरु ई राजुराज गिरी, संजय सिंह, उमाशंकर गुप्ता लगायतले सम्बोधन गरेका थिए ।
रंगभेदी गिरफ्तारीको सम्झना स्वरुप, देश र विदेशमा मधेशीमाथि भइरहेको रंगभेदको संदेश दिन, उदेशयले हरेक वर्ष मंसीर १० गते ‘रंगभेदविरूद्ध एकता दिवस’ जनमतले मनाउँदै आएको छ ।
जनमत पार्टीले रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भावका लागि मंसिर १० गते रंगभेदविरूद्धको एकता दिवस मनाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव समेत दर्ता गराएको छ ।