Logo

११ मंसिर,जनकपुर । मधेश प्रदेशको प्रमुख प्रतिपक्षी दलले संघीय लोकतान्त्रिक गणतन्त्रको लागि संकल्प प्रस्ताव पारित गर्न माग गरेका छन् ।

नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सङ्कल्प प्रस्ताव पारित गर्न माग गरेको हो ।

उनले संघीयता लामो बलिदान तथा संघर्षपछि आएकाले यसलाई कसैले हरण गर्न नसक्ने दावी गर्दै संसदीय दलका नेता यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सित्तैमा नआएको बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहले दरबार हत्या काण्डको छानविनको माग गर्दै उनले जनताको नजरमा पूर्व राजा ज्ञानेन्द्र शाह मुख्य व्यक्ति भएकाले प्रमाणित भएकाले कर्तव्य ज्यान मुद्दामा जेल चलान गर्नुपर्ने बताए ।

त्यस्तै प्रदेश सभा सदस्य जिवछी कुमारी यादवले जनताको लामो संघर्ष र त्यागपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रले समावेशिता र सहभागिता बढेको बताइन् ।

त्यस्तै प्रदेशसभा सदस्य किरण साहले संघीयता र संविधान विरोधीलाई नियन्त्रण गर्न आवश्यक भएको बताइन् ।
त्यस्तै प्रदेशसभा सदस्य सतिशकुमार सिंहले संघीयताप्रति आएको प्रश्नप्रति संघीय पक्षधरहरू गम्भीर हुनपर्ने बताए ।

त्यस्तै प्रदेशसभा सदस्य उपेन्द्र महतोले अतृप्त आत्मा र राजतन्त्रको अवशेषले गरेको आन्दोलनको तुक नरहेको बताए ।
उनले अहिले जनताको चाहना अनुसारको व्यवस्थामा केही गर्न नसक्ने बताए ।

उनले संघीयताकै कारण गाउँ गाउँमा विकासको लहर चलेको र हरेक विकास कार्यक्रममा जनताको प्रत्यक्ष सहभागीतासमेत हुने गरेको दावी गरे ।


सम्बन्धित समाचार