Logo

१२ मंसिर,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका समर्थकमाथि काठमाडौं प्रहरीले हस्तक्षेप गरेको छ ।

आज आफ्नो समूहका समर्थकसहित आन्दोलनका लागि घरबाट निस्किदै गर्दा प्रहरीले अवरोध गरेको हो ।

काठमाडौं प्रहरीले मेडिकल व्यवसायी प्रसाईंसहितका समर्थकहरु गौशालातर्फ हिँडेपछि प्रहरीले सबैलाई पेप्सीकोलामा रोकेर फिर्ता पठाइदिएको प्रहरी स्रोत बताउँछ ।

काठमाडौं प्रहरी स्रोतका अनुसार प्रसाईं आफ्ना समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए ।

उपत्यका प्रहरीले उनलाई मनोहरा पुलमा प्रहरीले रोकेको थियो, जुनकारणले त्यहाँ केहीबेर बादविवाद समेत भएको थियो ।
मेडिकल व्यवसायी प्रसाईंसहितका समर्थकलाई प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको प्रहरी स्रोतको भनाइ छ ।


सम्बन्धित समाचार