Logo

१३ मंसिर,वीरगञ्ज । पछिल्लो समय नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागले हालै सार्वजनिक गरेको प्रतिवेदनले गत आव ०७९/८० मा सबैभन्दा बढी मधुमेहका बिरामी थपिएका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगीता कौशल मिश्राले देशभर तीन लाख १२ हजार ३४२ जना मधुमेहका बिरामी थपिएको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नसर्ने रोगका बिरामी बढ्दै गएको पुष्टि भएको हो ।

नेपालमा प्रत्येक वर्ष एक लाख ९० हजारभन्दा बढी मानिसको विभिन्न रोगका कारण मृत्यु हुन्छ । सरकारले भर्खरै सार्वजनिक गरेको प्रतिवेदन अनुसार ६७ हजार ३८२ जना क्यान्सरका नयाँ बिरामी थपिएका छन् भने १९ हजार २६२ जना मुटुका बिरामी थपिएका छन् ।

यसैबिच मधेस प्रदेशमा मधुमेहका बिरामी ३१ हजार ९३२, मुटुका बिरामीको संख्या चार हजार ३४७ र क्यान्सरका बिरामीको संख्या ९२ जना थपिएका छन् ।

बागमती प्रदेशमा मधुमेहका ८३ हजार ३४४, मुटुका बिरामी सात हजार २१० र क्यान्सरका बिरामी ६२ हजार ६०२ जना बिरामी थपिएको प्रतिवेदनमा उल्लेख छ ।


सम्बन्धित समाचार