Logo

मंसिर १५, जनकपुर । नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर तीनमा केन्द्रीय महासमिति सदस्यका लागि आज निर्वाचन हुदैँ छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ स्थित नेपाली काँग्रेसका नेता तथा पुर्वउपप्रधानमन्त्री समेत रहेका विमलेन्द्र निधिको गृहनगर रहेकै कारणले पनि उनको क्षेत्रमा हुदैँ गरेको निर्वाचन गतिविधि तथा परिणामले अहिले निकै चर्चा चुलिएको छ । यस तर्फ हरेक राजनीतिक दलका नेताहरुलेसमेत काँग्रेसभित्र आ–आफ्नो प्रभाव पार्ने प्रयासमा छन् ।

यता काँग्रेस महासमिति सदस्यका लागि निर्वाचन आज हुँदै गरेपनि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट ९ जना निर्विरोध निर्वाचित भएका छन् । खुला समुहबाट दुई महिलासहित सात जना, समावेशीतर्फ एक महिला र दलित क्लस्टरबाट एक गरी ९ जना निर्विरोध निर्वाचित भएपनि आधिकारिक घोषणा हुन भने बाँकी नै रहेको छ । खुला समुहमा निर्विरोध निर्वाचित भएपनि आरक्षित कोटामा भने निर्वाचन हुने भएको छ ।

खुला समूह तर्फबाट निर्विरोध निर्वाचित हुनेहरूमा पुर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिकी धर्मपत्नी तथा नेतृ अनामिका उपासक निधि, मिनाक्षी झा, गणेशकुमार तिवारी, रामसरोज यादव, स्मृतिनारायण चौधरी, सञ्जयकुमार गुप्ता र प्रफुलराज घिमिरे रहेका छन् । त्यस्तै खुलातर्फको ७ पदका लागि आठ जनाको उम्मेदवारी परेतापनि नेता निधिले मनोनयन फिर्ता लिएपछि सातै जना निर्विरोध निर्वाचित भएका हुन् ।

मधेशी क्लस्टरमा काँग्रेसका पूर्व उप–सभापति निधि र मधेश प्रदेशका पुर्वभौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवबीच कुरा नमिल्दा कार्यकर्ताहरु विभाजित देखिएका छन् ।

नेता निधि तर्फबाट नेता शिवचन्द्र चौधरी, जनकपुरधाम उप–महानगरपालिकाका उपमेयर किशोरी साह चुनावी मैदानमा छन् भने यादव समुहका तर्फबाट जीवनाथ चौधरी र रामबाबु यादव रहेका छन् । यिनीहरु मधेश कोटाका उम्मेदवार हुन् ।

धनुषाको नगराइनमा हुने निर्वाचन विहान ९ बजे देखि ३ बजे सम्म चल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार