Logo

१५ मंसिर,वीरगञ्ज ।नेपाल नेत्रज्योती संघ मधेस प्रदेशको दोश्रो अधिवेशनको आयोजना गरिएको छ ।

लहानको सगरमाथा चौधरी आखाँ अस्पतालमा अधिवेशन आयोजना गरिएको हो । अधिवेशनमा मधेस प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका प्रतिनिधिहरुको सहभागिता छ ।

मधेस प्रदेशका अध्यक्ष रविन्द्रलाल चौधरीको अध्यक्षतामा भएको कार्याक्रमको उद्धघाटन नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यालयका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।

अधिवेशन मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ । नेपाल नेत्रज्योती मधेश प्रदेशका महासचिव सन्जिव मल्लिकले कार्यक्रम संचालन गर्नुभएको नेपाल नेत्रज्योती संघका राजन श्रीवास्तवले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार