Logo

१७ मंसिर, वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले १३ दिन पछाडि व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलनलाई निर्णायक बनाउने तयारी सुरु भएको जनाएका छन् ।

उनी भन्छन्,‘मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा हुन्छ, त्यसपछि गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यासको थालनी गरिन्छ ।’ मेडिकल व्यवसायी प्रसाईंले आज पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन् ।

उनले भने,‘फागुन १ गते वसन्तपुरमा दियो बाल्छौं, त्यसपछि वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा हुन्छ ।’ झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ, अब यो व्यवस्था परिवर्तन हुन्छ,’ उनले भने ।

पत्रकार सम्मेलनमार्फत प्रसाईले पूर्वराजालाई आग्रह गर्दै भने–राजाले पनि चुप लागेर दरवारभित्र बस्न छाडेर जनताको आँशु पुछ्न सडकमा आउनुपर्छ ।


सम्बन्धित समाचार